बालेनको चुनावी प्रचारमा गएका सिटौला गाडीबाट ओर्लंदा बेहोस, हेलिकप्टरबाट लगियो काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसँगै सुदूरपश्चिमको भ्रमणमा रहेका एक युवा अछाममा बिरामी परेपछि हेलिकप्टरबाट काठमाडौं लगिएको छ। 

शाहसँगै सुदूरपश्चिम भ्रमणमा रहेका नुवाकोटका ४३ वर्षीय दिनेश सिटौला शुक्रबार बिहान पौने १० बजेतिर एकाएक लडेका थिए। उनी चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष समेत हुन्।

SHIKHAR COOL TECH

अछामका प्रहरी प्रमुख डिएसपी ओमप्रसाद खनालका अनुसार गाडीबाट ओर्लने क्रममा बिहान सिटौला एकाएक लडेर बेहोस भएका थिए। डिएसपी खनालका अनुसार सिटौलाको देखिने गरी कुनै चोट पटक छैन।

‘यसो हेर्दा मलाई हृदयघात जस्तो लाग्यो,’ डिएसपी खनालले भने, ‘बिरामीलाई अछाम जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको हो।’

बिरामी सिटौलालाई नेपाली सेनाको हेलिकोप्टरलाई उद्धार गरी काठमाडौं लगेको प्रहरीले जानकारी दिएको छ।

चुनावी माहोल बनाउन रास्वपाका वरिष्ठ नेता केही दिन पहिले मात्रै पहिलो पटक सुदूरपश्चिमको भ्रमणमा टिमसहित पुगेका थिए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार