प्रहरीको राशन भत्ता बढाइनु जायज तथा अपेक्षित मागः आईजी कार्की

काठमाडौं– नेपाल प्रहरीका कर्मचारीको राशन भत्ता बढाउने सरकारी निर्णयलाई महानिरिक्षक (आईजी) दानबहादुर कार्कीले जायज र अपेक्षित माग रहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारप्रति आभार समेत प्रकट गरेका छन्।

SHIKHAR COOL TECH

उनी लेख्छन्–
नेपाल प्रहरीको लामो समयदेखि उठ्दै आएको जायज तथा अपेक्षित मागलाई सम्बोधन गर्दै राशन रकम वृद्धि गर्ने निर्णय गरिएको छ। 

यस निर्णयसँगै नेपाल प्रहरीको राशन वृद्धि हुनु न्याय, समानता तथा प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि हो।यसका लागि नेपाल सरकार,तालुक गृह मन्त्रालय, अर्थ मन्त्रालय तथा निर्णय प्रक्रियामा संलग्न सम्पूर्ण सरोकारवाला निकायप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। 

संस्थागत न्यायलाई मूल आधार मानी सेवामा समर्पित प्रत्येक प्रहरी कर्मचारीको हक–हित सुनिश्चित गर्न हामी निरन्तर प्रतिबद्ध रहनेछौँ।

rasan--1769747130.jpg

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार