डोटी– चुनावी अभियानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन शाह सुदूरपश्चिमका जिल्लाहरुको कार्यक्रम सकेर कर्णाली प्रदेश छिरेका छन्।
उनी गएराती डोटीमा बसेका थिए। शुक्रबार उनी अछाम जिल्लाको यात्रामा छन्। अछाम–१ मा रास्वपा उम्मेदवार भूपदेव शाहको निर्वाचन क्षेत्रमा उनी पुग्नेछन्।
शुक्रबार साँझ सुर्खेतसम्म पुग्ने तालिका रहेको छ। सडकमार्ग हुँदै विभिन्न जिल्लामा अभियानका क्रममा रहेका बालेनको कार्यतालिका यस्तो छ।






प्रतिक्रिया दिनुहोस्