काठमाडौं – सर्लाहीको मलंगवामा हालसम्म साढे ८ हजार बालबालिकाले दादुरा विरुद्धको खोप लगाएका छन्। माघ १२ गतेदेखि सुरु भएको खोप अभियानमा हालसम्म ८ हजार ५७४ बालबालिकाले खोप लगाएका हुन्।
माघ १४ गते मात्र २ हजार ७८९ जना बालबालिकालाई खोप लगाइएको मलंगवा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले जानकारी दिए।
दादुराको संक्रमण रोक्न नगरपालिका भित्रका ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउने काम भइरहेको छ। मलंगवा नगरपालिकाको वडा नं २, ३, ४, ८, ९ र १० गरी ६ वटा वडामा दादुरा विरुद्धको खोप अभियान सुरु भएको हो।
वडा नं ३ र ४ मा भेटिएका शंकास्पद २७ बिरामीमध्ये ७ जनामा संक्रमण पुष्टि भएको हो। हाल भने ती वडामा दादुरा संक्रमण नियन्त्रणमा रहेको नगरपालिकाले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्