डडेलधुराका ३३ मतदानस्थल ‘अति संवेदनशील’

डडेलधुरा । डडेलधुराका १०४ मध्ये ३३ मतदानस्थल ‘अति संवेदनशील’को सूचीमा छन् । विगतका गतिविधि तथा शान्ति सुरक्षाको दृष्टिकोणबाट ३३ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका निम्ति सुरक्षाको दृष्टिकोणबाट मतदानस्थललाई ‘सामान्य’, ‘संवेदनशील’ र ‘अति संवेदनशील’ गरी तीन भागमा विभाजन गरिएको छ । डडेलधुरामा १४१ मतदान केन्द्रबाट चुनाव सम्पन्न हुने कार्यालयका निर्वाचन अधिकृत करुणाकर अवस्थीले बताए ।

SHIKHAR COOL TECH

कुल ९३ हजार ४०३ मतदातालाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाइएको उनले उल्लेख गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार