कांग्रेस पूर्वसांसदहरु सर्वोच्च जाने कार्यक्रम स्थगित 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समय नमिलेका कारण आज (बिहीबार) सर्वोच्च जाने कांग्रेस नेताहरूको कार्यक्तम स्थगित भएको हो ।

काठमाडौँ — नेपाली कांग्रेसका पूर्व सांसदहरू सर्वोच्च अदालत जाने कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ ।

SHIKHAR COOL TECH

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समय नमिलेका कारण आज (बिहीबार) सर्वोच्च जाने कांग्रेस नेताहरूको कार्यक्तम स्थगित भएको हो ।

कांग्रेसले सूचना जारी गरेर ‘विशेष कारण’ले उक्त कार्यक्रम स्थगित भएको जनाएको छ । ‘डेलेकेशन टोली सर्वोच्च अदालतमा जाने कार्यक्रम तय भएकोमा विशेष कारणले गर्दा उक्त कार्यक्रम स्थगित भएको व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

विघटित प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक रहेका नेता श्यामकुमार घिमिरेले प्रधानन्यायाधीश राउतको सचिवालयले फोन गरेर आजका लागि तय भएको भेटघाटको कार्यक्रम तत्कालका लागि स्थगित भएको जानकारी दिएको बताए ।

यसअघि घिमिरे नेतृत्वको टोली बिहान १०:३० बने सर्वोच्च जाने कार्यक्रम थियो । कांग्रेसका ६५ पूर्व सांसदहरूले संसद् पुनर्स्थापनाका लागि रिट दायर गरेका छन् ।

तर, सर्वोच्चमा रिटको पेशी चढेको छैन । यही २०गते साधारण तारेख रहेको छ । सुनुवाइ सुरू नगरेको भनी दबाव दिन उनीहरु अदालत जाने तयारीमा थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार