काठमाडौँ । परराष्ट्र मन्त्रालयले नेपालको चुनावबारे कूटनीतिक नियोग तथा राजदूतावासलाई जानकारी गराउने भएको छ ।
भोलि बिहीबार परराष्ट्र मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी कूटनीति नियोगका प्रतिनिधि तथा राजदूतहरूलाई निर्वाचनबारे जानकारी गराइने परराष्ट्र मन्त्रालयले जनाएको हो । फागुन २१ गते प्रतिनिधि सभाको चुनावको तयारी, सहयोग र सद्भावबारे भोलि परराष्ट्र मन्त्री बालानन्द शर्माले ब्रिफिङ गर्ने बताइएको छ ।
उक्त कार्यक्रममा निर्वाचन आयोगका प्रतिनिधिसमेत रहने मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
प्रधाननमन्त्री सुशीला कार्कीले यसअघि नै नियोगका प्रतिनिधि तथा राजदूतहरूलाई बोलाएर छलफल गरी सहयोगका लागि आग्रह गरिसकेकी छन् । सहयोगका लागि प्रतिबद्धता आएको थियो ।





प्रतिक्रिया दिनुहोस्