बौद्ध प्रमुख लामा हटाएको भन्दै आयोगमा उजुरी

काठमाडौँः गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई पदबाट हटाएको भनी निर्वाचन आयोगमा उजुरी परेको छ।

संस्थानले निर्वाचन आचारसंहिताविपरीत काम गरेको भनी उजुरी दर्ता भएकाले आजदेखि यस विषयमा के भएको हो भनी आवश्यक छानबिन एवं सोधपुछ प्रक्रिया सुरु गरिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। आयोगले माघ ४ गते राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको थियो। आचारसंहिताको दफा ३ को (ज) मा सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई पनि आचारसंहिता लागू हुने उल्लेख छ।

संस्थानले माघ ९ गते श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामा भूपतिबज्र लामालाई पदबाट हटाउने निर्णय गरेको उनको सचिवालयका हरिश गोले तामाङले जानकारी दिए। संस्थानले निर्वाचन आचारसंहिता लागू भएकै दिन माघ ४ गते नै प्रमुख लामा भूपतिबज्र लामासँग स्पष्टीकरण सोधेको थियो। 

आचारसंहिता उल्लङ्घन गरेको भनी आयोगमा परेका उजुरीको छानबिन गरी अहिले विभिन्न राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र संस्था गरी अहिलेसम्म आयोगले १५ स्पष्टीकरण सोधिसकेको सहायक प्रवक्ता जिसीले बताए।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार