सुदूरपश्चिममा बालेन : हिउँमा डुल्दै र खीरको स्वाद लिँदै चुनावी प्रचार

काठमाडौँ- चुनावी प्रचारका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता बालेन शाह अहिले सुदूरपश्चिम छन्। उनी यसअघि मधेश र पूर्वको भ्रमण सकेर सुदूरपश्चिम लागेका हुन्। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनी मत माग्दै जिल्लाजिल्ला पुगेका हुन्।

आज उनी डडेलधुरा केन्द्रित कार्यक्रममा छन्। आज बिहानै उनी डडेलधुराको खीर बाजेको खीर पसलमा खीर चाख्दै गरेका थिए। अहिले हिमपात भइरहेको सडकमा उनी पुगेका छन्। उनको सचिवालयका अनुसार केही समय सुदूरपश्चिम भ्रमण गरेर केही दिनमै उनी झापा ५ फर्किनेछन्।

आगामी निर्वाचनमा उनी झापा ५ बाट प्रतिनिधिसभाका लागि लड्दैछन्। रास्वपाले उनलाई भाबी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार