कैलाली-४: एमाले र काँग्रेसको महाभीडन्त, भट्ट र विष्टमध्ये कसको पल्ला भारी ?

कैलाली । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा होमिएका उम्मेदवार अहिले चुनावी प्रचारमा व्यस्त छन् । अझ कैलालीमा उम्मेदवार, नेता र कार्यकर्तालाई भ्याइनभ्याई नै छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ पछि क्षेत्र नम्बर ४ राजनीतिक दृष्टिकोणले संवेदनशील मानिन्छ ।

SHIKHAR COOL TECH

यही कारण पनि कैलाली ४ बाट चुनावमा होमिएका उम्मेदवार जसरी हुन्छ चुनाव जित्ने होडमा छन् । स्थानीय स्तरमा गरिएको सर्वेक्षणका आधारमा कैलाली ४ मा नेकपा एमालेबाट उम्मेदवारी दिएका लेखराज भट्ट र नेपाली काँग्रेसका उम्मेदवार गोरखबहादुर विष्ट (आनन्द) बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

भट्ट राजनीतिक रुपमा प्रभावशाली नेता हुन् । भट्टको जन्म डोटीमा भएको हो । विगतमा राजनीतिमा उत्कृष्ट छवि बनाएका भट्ट पछिलो दिन राजनीतिमा कम सक्रियताका कारण समर्थ केही खस्किँदो रहेको स्वयम् एमाले नेताहरुले बताएका छन्। हाल उनै भट्ट कैलाली ४ मा उम्मेदवार छन् ।

उम्मेदवारी दिएसँगै भट्टले चुनावी प्रचारलाई तिव्रता दिएका छन् ।

यता उनै भट्टसँग प्रतिस्पर्धामा रहेका गोरखबहादुर विष्ट पनि डोटीमा जन्मिएका हुन् । विष्टलाई युवा पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसले उम्मेदवार बनाएको हो । हाल उनी चुनाव जित्ने आत्मविश्वासका साथ मैदानमा होमिएका छन् । विष्टले पनि चुनावी प्रचारलाई तिव्रता दिएका छन् । उनी युवामाझ रुचाइएका पात्रका रुपमा पनि स्थापित हुँदै गएका छन् ।

राजनीतिक आचरणमा पनि पार्टीभित्र इमान्दार पात्रका रुपमा रहेका विष्ट लामो समय अमेरिकामा बसेर पार्टी र समाज दुवै क्षेत्रमा उत्कृष्ट योगदान दिएका छन् । नीतिगत तहमा समेत काम गरेका विष्टले अमेरिकामा रहँदा अमेरिकाबाटै पनि थुप्रै दुःखी, पीडित तथा असहायहरुलाई सहयोग गर्दै आएका थिए ।

दुवै उम्मेदवार प्रवल सम्भावनाका साथ चुनावी प्रचारमा होमिएकाले पनि यसपाली फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भट्ट र विष्टबीच कडा प्रतिस्पर्धा हुने पक्का देखिएको छ । तर, युवामा बढि लोकप्रिय र जनतामा बढि घुलमिल भएकाले विष्टको सम्भावना अझ बढि रहेको स्थानीय नेताहरुले विश्लेषण गर्ने गरेका छन् ।

अर्कोतर्फ कैलाली ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्यि प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारले पनि चुनावी प्रचारलाई तिव्र पारेका छन् । उनीहरु पनि बलियो दाबेदारी प्रस्तुत गर्दै चुनावमा होमिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार