काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सही व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न नसक्ने बताएका छन् ।
मंगलबार काठमाडौं आयोजित पार्टीको रामेछाप–काठमाडौं सम्पर्क मञ्च गठन तथा कार्यकर्ता भेलामा घिसिङले ठूला–ठूला कुरा र नेताहरूको आफ्नै दर्शनले देश बन्न नसकेको भन्दै देश बनाउन सही व्यक्ति नेतृत्वमा पुग्नुपर्ने बताए ।
उनले यसअघिको निर्वाचनमा पुराना दलहरूले गरेको विकृति र विसङ्गतिलाई अहिले नयाँ भनिएका दलहरूले दोहराएको देख्दा दुख लागेको उल्लेख गरे ।
उनले देशलाई भ्रष्टाचार मुक्त बनाएर सुशासन कायम गर्न पार्टीका उम्मेदवारहरूले सुशासनको अभ्यास गर्न सिक्नुपर्ने धारणा राखे । उनले देशका विभिन्न क्षेत्रमा धेरै समस्या रहेको भन्दै त्यसलाई समाधान गर्दै देशलाई समृद्धि तर्फ अघि बढाउन उज्यालो पार्टीलाई जनताले विश्वास गर्ने दाबी गरे ।
कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्तालाई घिसिङले उज्यालो नेपाल पार्टीमा प्रवेश गराएका थिए ।





प्रतिक्रिया दिनुहोस्