सरकारलाई कांग्रेसले भन्यो- हरेक मतदाताले स्वतन्त्रतापूर्वक मतदान गर्ने वातावरण बनाइयोस्

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टी फागुन २१ को चुनावप्रति प्रतिबद्ध रहेको जनाएको छ।

पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरेर प्रवक्ता देवराज चालिसेले चुनावमा सुरक्षाको प्रत्याभूति गराउने जिम्मा सरकारको भएको बताए।

उनले भने, ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो, जनता मालिक हुन्, शासनको वैधताको आधार जनताको मत हो, जनताको मन हो भन्ने प्रणालीमा विश्वास गर्ने पार्टी हो। हरेक मतदाताले स्वतन्त्रतापूर्वक, निर्भीकतापूर्वक मतदान गर्न पाउने उसको हक हो। उम्मेदवारले निर्भीकतापूर्वक, सुरक्षित वातावरणमा प्रचार गर्न पाउने, गर्नुपर्ने वातावरण बनाउनु पनि सरकारको दायित्व हो।’

उनले सरकारलाई चुनावी सुरक्षामा केन्द्रित हुन आग्रह गरे। उनले आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी पुरानै हुने जिकिर गरे।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार