काठमाडौँः बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले निर्वाचन आचारसंहिता विपरीत बालबालिकालाई चुनावी प्रचारप्रसारमा प्रयोग गरिएका क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता सकिएसँगै बालबालिकालाई जुलुसमा सहभागी गराइएको, राजनीतिक दलको चुवान चिन्ह र उम्मेदवारको तस्वीर भएको टिसर्ट लगाई प्रयोग गरिएको, पार्टी कार्यालय र सम्पर्क कार्यालयमा विद्यालय पोशाकमै बालबालिकाको उपस्थित गराइएको, दलगत प्रचारप्रसारका लागि झण्डा बोकाई बालबालिकाको प्रयोग गरिएको समाचार आएको भन्दै सो अभियानले आपत्ति जनाएको हो । आचारसंहिताको प्रभावकारी अनुगमन र कारवाहीका लागि सिजपले निर्वाचन आयोगलाई आग्रह पनि गरेको छ।





प्रतिक्रिया दिनुहोस्