२१ फागनुमा हुने प्रतिनिधिसभाको चुनावपछि बन्ने सरकारको नेतृत्वमा राजनीतिक दलहरूले उम्मेदवार अघि सारेका छन् । नेपाली कांग्रेसले सभापति गगन थापा र रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ । त्यस्तै, एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा संयोजक पुष्पकमल दाहाल प्रचण्ड पार्टीले सरकारको नेतृत्व गर्ने अवस्था आएमा निर्विकल्प प्रधानमन्त्रीको दाबेदार हुन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा नेपाली कांग्रेसबाट भावी प्रधानमन्त्रीमा प्रस्ताव गरिएका गगनको शैक्षिक योग्यता एमए उल्लेख छ । कांग्रेसको केन्द्रीय समितिको बैठकले उनलाई २१ फागुनपछिको प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ । चुनावी प्रचारप्रसारका क्रममा पनि गगनलाई पोस्टर ब्वाई बनाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको शैक्षिक योग्यतामा बीटीयू उल्लेख छ । उनी काठमाडौं विश्वविद्यालयमा पीएचडीका लागि भर्ना भएका थिए । रास्वपाको उम्मेदवार जिताउन रास्वपा सभापति रवि लामिछाने मौन बसेका छन् भने बालेनले देश दौडाहा गरिरहेका छन् ।
बालेन झापा ४ मा एमाले अध्यक्ष ओलीसँगै चुनाव लड्दै छन् । ओलीको शैक्षिक योग्यताबारेमा भने आयोगले सार्वजनिक गरेको विवरणमा केही उल्लेख गरिएको छैन । स्वअध्ययन गरेका ओलीलाई एसएलसी पनि उत्तीर्ण नगरेको आरोप लाग्दै आएको छ ।
रुकुम पूर्वबाट उम्मेदवार बनेका प्रचण्डको शैक्षिक योग्यता बीएस्सी एजी उल्लेख छ । उनले त्रिभुवन विश्वविद्यालयबाट बीएस्सी गरेका हुन् ।





प्रतिक्रिया दिनुहोस्