निर्वाचन क्षेत्रमा गफिएका गगन, लक्की नम्बर ४

सर्लाही– ‘नेता होइन बेटा बन्न आएको हुँ, म यहाँको प्रतिनिधि बन्न आएको हुँ’, कांग्रेस सभापति गगनकुमार थापाले सर्लाही–४ मा पुगेर पहिलो पटक सम्बोधन गर्दा भनेका छन्।

सोमबार यहाँ आइपुगेका गगन मंगलबार पनि चुनावी गफगाफमा ब्यस्त रहेका छन्। ‘हामी ग्राउन्ड जिरोमा नै छौं’, कांग्रेस युवा नेता शंकर तिवारीले भनेका छन्।

SHIKHAR COOL TECH

तिवारी पनि गगनसँगै छन्।

हालै पार्टीको विशेष महाधिवेशनबाट सभापति चुनिएपछि र आगामी निर्वाचनका लागि आफ्नो क्षेत्र परिवर्तन गर्ने रणनीतिक निर्णय लिएपछि उनको सक्रियता झनै बढेको छ।

गगन थापाले लगातार तीन पटक (२०७०, २०७४ र २०७९) काठमाडौं क्षेत्र नं. ४ बाट चुनाव जितेर ‘ह्याट्रिक’ गरिसकेका छन्। तर, आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा उनले आफ्नो क्षेत्र परिवर्तन गर्दै सर्लाही–४ बाट उम्मेदवारी दर्ता गराएका छन्।

कतिपय भन्छन्,‘गगनका लागि ४ नम्बर लक्की छ।’

किन क्षेत्र परिवर्तन? थापाका अनुसार एउटै नेता एउटै क्षेत्रबाट तीन पटक भन्दा बढी लड्नु हुँदैन भन्ने उनको सैद्धान्तिक मान्यता छ।

मधेशका जनताका समस्या सुन्न उनले यसअघि नै हुलाकी राजमार्गको पदयात्रा गरिसकेका छन्। अहिले उनी सर्लाहीका गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद (गफगाफ) गर्ने क्रममा छन्।

निर्वाचन क्षेत्र पुग्दा गगनको शैली निकै अनौपचारिक र घुलमिल हुने खालको देखिन्छ। चौतारी, चिया पसल र खेतबारीमै पुगेर स्थानीयसँग कुराकानी गर्ने तयारीमा रहेको स्थानीय नेताहरु बताउँछन्।

जनताका गुनासा सुन्ने र आफ्नो मिसनका बारेमा बुझाउने उनको शैलीले युवा र स्थानीय मतदातालाई आकर्षित गरेको छ।

गगन थापाले यसपटक आफूलाई केवल एक सांसद मात्र नभई आगामी प्रधानमन्त्रीको बलियो दाबेदारका रूपमा प्रस्तुत गरेका छन्। निर्वाचन क्षेत्रमा मतदातासँग गफिँदा उनले अबको नेतृत्व युवा पुस्ताको हुनुपर्ने र त्यसका लागि आफू तयार रहेको विश्वास दिलाउने गरेका छन्।

कांग्रेसले उनलाई प्रधानमन्त्रीका रुपमा नै अघि सार्ने औपचारिक निर्णय पनि गरिसकेको थियो।

सर्लाही–४ मा गगनको प्रतिस्पर्धा अमरेशकुमार सिंहसँग हुने देखिएको छ, जो यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा छन्। अमरेश र गगनको यो प्रतिस्पर्धालाई निकै रोचक र संवेदनशील मानिएको छ।

‘म भाषण गर्न मात्र आएको होइन, तपाईंहरूका समस्याको सारथि बन्न र राजनीतिमा नयाँ मानक स्थापना गर्न आएको हुँ।’, गगनले भनेका छन्।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार