कैलाली । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कैलाली ४ बाट उम्मेदवारी दिएका गोरखबहादुर विष्ट (आनन्द) निर्वाचन अघि नै विवादमा तानिएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका विष्टले अमेरिकाको ग्रीन कार्ड लिएको खुलेपछि उनी विवादमा तानिएका हुन् ।
दुई दशक भन्दा बढी समयदेखि स्थायी रुपमा अमेरिकामा बस्दै आएका विष्ट सन् २०१४ देखि काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति समेत रहँदै आएका थिए ।
त्यसो त अमेरिका वा विदेशको स्थायी आवासीय अनुमती पत्र लिएको नेपाली नागरिक निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदका लागि अयोग्य मानिन्छ । त्यही कारण उम्मेदवारी दर्ता गरेर चुनावी प्रचारमा सक्रिय भइसकेका विष्ट एकाएक विवादमा तानिएका छन् ।
यता निर्वाचन अधिकृतले भने प्रारम्भीक चरणमा विष्ट अयोग्य नदेखिएको भन्दै उम्मेदवारी दर्ता गरिएको बताएका छन् । तर प्रारम्भीक चरणमा निर्वाचन कार्यालयले उम्मेदवारी दर्ता गर्न चाहने व्यक्ति कालोसूचीमा परेको वा नपरेको, कानूनी अड्चन भएको वा नभएको र मतदाता नामावलीमा नाम भएको वा नभएको मात्र जाँच गरिएको बताइएको छ ।
आयोगले दोहोर्याएर कागजात र योग्यता जाँच गरे विष्ट अफ्ठ्यारोमा पर्ने स्वयम् काँग्रेसकै नेताहरुको भनाई छ । विष्टजीको अमेरिकाको ग्रीन कार्ड भएको कुरा आएको छ । उनले भने, दोहोर्याएर जाँच गर्ने हो भने उहाँ अफ्ठ्यारोमा पर्ने सम्भावना धेरै छ ।





प्रतिक्रिया दिनुहोस्