धनगढी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट कैलाली–५ मा चुनाव लड्न तयार बनेका पूर्वमन्त्री प्रेम आले अहिले चुनावी प्रचारमा सक्रिय छन् । पूर्वमन्त्री हुँदा काम नगर्ने कर्मचारीलाई झपारेकै शैलीमै उनको चुनावी प्रचार पनि आक्रामक छ ।
तर डोटीबाट ३–३ पटक चुनाव जितेका प्रेम आले किन कैलाली छिरे भन्ने प्रश्न अहिले उनीतर्फ तेर्सिएको छ ।
आलेको डोटीमा बलियो जनाधार छ । उनले डोटीबाट तीन–तीन पटक चुनाव जितिसकेका पछि छन् । डोटीमा उनको प्रभाव पनि राम्र थियो । सम्भतः आले डोटीबाटै चुनाव लडेको भए उनको जीत पनि सुनिश्चित नै थियो । तर आलेले त्यही सुरक्षित क्षेत्र छोडेर कैलाली–५ रोजेका छन् । कैलाली–५ आलेका नयाँ मात्र छैन, बरु चूनौतीपूर्ण पनि छ ।
कैलाली–५ आफैँमा राजनीतिक इलाका हो । पूर्व प्रधानमन्त्री शेर बहादुर दउवा, देउवा पत्नी आरजु राणा लगायत शीर्ष नेताहरुले प्रायः रोज्ने भएर पनि कैलाली–५ चुनावमा ‘हट स्पट’ बन्ने गर्छ । तर सुरक्षित क्षेत्र छोडेर आले त्यही हट स्पटमा हाम फालेपछि धेरैले आलेलाई अवसरवादी नेता भन्न थालेका छन् ।
डोटीमा स्थापित आधार छाडेर नयाँ क्षेत्रमा प्रवेश गर्दा जनप्रतिनिधित्वको भावना लत्याएर व्यक्तिगत राजनीतिक अस्तित्व जोगाउनतिर लागेको आरोप आलेमाथि लागेको छ ।
कैलाली–५ मा आलेको संगठन तुलनात्मक रुपमा कमजोर देखिन्छ । पार्टी संरचना बलियो नहुनु, कार्यकर्ताको सक्रिय कमजोर बन्नु तथा नयाँ ठाउँ भएकाले प्रभाव कम हुँदा कैलाली–५ मा आलेलाई चुनाव जित्न फलामको च्युरा चपाएझैँ मुस्किल पर्नेवाला छ । यही कारण पनि कैलाली–५ मा आलेको उम्मेदवारीलाई जीतको दाबेदार भन्दा बढी चुनावी समीकरण बदल्ने कारका रुपमा हेर्न थालिएको छ ।





प्रतिक्रिया दिनुहोस्