नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही पुगेका छन्।
सर्लाही ४ बाट उनी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छन्।
सभापति थापा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाजमा सिमरा विमानस्थल गएका थिए भने त्यहाँबाट गाडीमा सर्लाही गएका हुन्।
सिमरा विमानस्थल र सर्लाहीमा सभापति थापालाई नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए।
सभापति थापाले सर्लाही क्षेत्र नम्बर ३ बरहथवामा रहेकाे पार्टीको क्षेत्रीय कार्यालय निरीक्षणसमेत गरेका थिए।
सभापति थापा केही दिन सर्लाहीमा चुनावकेन्द्रित कार्यक्रममा रहनेछन्।
उनी यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहँदै जित्दै आएका थिए।
तस्बिरहरू:













प्रतिक्रिया दिनुहोस्