बालकृष्ण र घनश्यामबिनाको रुपन्देही–३ मा नयाँ अनुहारबीच प्रतिस्पर्धा

बुटवल । नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण, नेकपा एमालेका तर्फबाट घनश्याम भूसाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहराबीच विगतमा पटक–पटक प्रतिस्पर्धा भएको क्षेत्र हो, रुपन्देही–३ । गत वर्ष चैतमा बोहराको निधन भइसकेको छ । भूसाल पनि हाल एमालेमा छैनन् ।

रुपन्देही–३ कांग्रेस र एमालेको बराबर पकड रहेको क्षेत्रका रूपमा परिचित छ । ०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बोहराले तत्कालीन गृहमन्त्री समेत रहेका खाँणलाई हराएका थिए । त्यति बेला उनलाई एमालेको साथ थियो । बोहराले ३६ हजार ७१७ मत ल्याएका थिए । खाँणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए ।

SHIKHAR COOL TECH

समानुपातिकतर्फ रुपन्देही–३ मा कांग्रेस २० हजार २७९ मत पाएर सबैभन्दा ठूलो पार्टी बनेको थियो । एमालेले १९ हजार ९८६ मत ल्याएको थियो ।

समानुपातिकतर्फ यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १४ हजार १५४ मत पाएको थियो । रास्वपा उमेदवारले प्रत्यक्षतर्फ पाँच हजार ७९६ मत मात्र प्राप्त गरेका थिए ।

यसपालिको प्रतिस्पर्धा 
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति चिकित्सक, विद्यार्थी नेता, स्थानीय प्रशासनिक नेतृत्व र राजनीतिक विरासत बोकेका उमेदवार यहाँ मुख्य प्रतिस्पर्धामा छन् । कांग्रेसका सुशील गुरुङ, एमालेका वासुदेव घिमिरे, रास्वपाका डा. लेखजंग थापा, राप्रपाका गौरव बोहरा चुनावी मैदानमा छन् । उनीहरू सबै यो क्षेत्रका निम्ति नयाँ अनुहार हुन् ।

कांग्रेसका सुशील गुरुङ
कांग्रेसका सुशील गुरुङ लामो राजनीतिक र सामाजिक अनुभव हासिल गरेका नेता हुन् । आफूले विकास, शिक्षा, स्वास्थ्य र सुशासनलाई प्राथमिकता दिने उनले बताएका छन् । जनताको आवाज सुन्ने र संगठन सुदृढ गर्ने अभियानसहित मैदानमा उत्रिएको गुरुङको भनाइ छ ।

एमालेका वासुदेव घिमिरे 
रुपन्देही–५ बाट सांसद बनिसकेका एमालेका उमेदवार वासुदेव घिमिरे स्थानीय प्रशासनको अनुभव लिएर संघीय तहमा आएका नेता हुन् ।  तिलोत्तमा नगरपालिकाका प्रमुख हुँदा उनले देखाएको प्रशासनिक क्षमता र सेवा प्रवाह सुधार सकारात्मक पाटोका रूपमा छ ।

उनी एमाले परित्याग गरी रास्वपा प्रवेश गर्ने तयारीमा थिए । तर, छाडेको भनेको ७२ घण्टापछि एमाले उपाध्यक्ष विष्णु पौडेलले उनलाई पार्टीमै फर्काएका थिए ।

रास्वपाका डा. लेखजंग थापा
रास्वपाबाट उमेदवार बनेका सिद्धार्थनगर नगरपालिका–९, अञ्चलपुरका डा. लेखजंग थापा वरिष्ठ न्युरोलोजिस्ट, समाजसेवी र स्वास्थ्य क्षेत्रका विद्वान्का रूपमा परिचित छन् । मतदातामाझ उनको सबल पक्ष यही हो ।

राप्रपाका गौरव बोहरा
रुपन्देही–३ बाट उमेदवार बनेका पाइलट गौरव बोहरा स्व. दीपक बोहराका जेठा छोरा हुन् । गौरवले राजनीतिक विरासत र युवा प्रतिनिधित्वलाई चुनावी बलका रूपमा प्रयोग गर्ने योजना बनाएका छन् ।

तुलनात्मक रूपमा रुपन्देही–३ राप्रपाको पनि राम्रो पकड भएको क्षेत्रका रूपमा चिनिन्छ । स्थानीय तह निर्वाचनमा यो क्षेत्रबाट भएको प्रतिनिधित्वले पनि राप्रपाको पकडलाई पुष्टि गरेको छ । ०७९ सालको निर्वाचनमा राप्रपाले समानुपातिकतर्फ यहाँबाट नौ हजार १८३ मत प्राप्त गरेको थियो ।

अरू उमेदवार पनि उत्तिकै प्रतिस्पर्धी
रुपन्देही–३ मा ३६ उमेदवार कायम छन् । उनीहरूमध्ये १७ स्वतन्त्र उमेदवार रहेका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उमेदवारी दिएका फैज अहमद खाँ पनि बलियो प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।

०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फ दुई हजार ६३७ मत प्राप्त गरेको गरेको थियो ।

०७९ मा यहाँ एक लाख ३२ हजार ७९१ मतदाता थिए । यसपटक मतदाता संख्या एक लाख ४० हजार ३५ छ । यो क्षेत्रमा ४६ मतदानस्थलअन्तर्गत १५७ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीकी प्रमुख कल्पना अर्यालले जानकारी दिइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार