राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेपालगञ्ज पुगेका छन् ।
चुनावी अभियानका क्रममा बालेन नेपालगञ्ज पुगेका हुन् ।
उनको स्वागतका लागि नेपालगञ्ज विमानस्थलबाहिर ठूलो भीड लागेको छ ।
पूर्वी नेपालमा एक चरणको चुनावी अभियान सकेर बालेन पश्चिमतर्फ लागेका हुन् ।
उनी बाँकेदेखि पश्चिमका जिल्लाहरूमा पुग्ने कार्यक्रम छ ।
बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि बढाएको छ ।





प्रतिक्रिया दिनुहोस्