माटोको ढिस्को खसेर पुरिएका दुई जनालाई सेनाले गर्‍यो उद्धार

धादिङमा माटोको ढिस्को पहिरिएपछि पुरिएका दुई जनालाई सेनाले उद्धार गरेको छ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा माटोको ढिस्कोमा पुरिएका दुई जनालाई सेनाले उद्धार गरेको हो।

एक स्थानीयको घर प्लास्टर गर्ने क्रममा माथिबाट अचानक खसेको माटोको ढिस्कोमा परेर दुई जना पुरुष पुरिएका थिए।

घटनाको जानकारी पाएलगत्तै गजुरीस्थित नेपाली सेनाको भैरव दल गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा उद्धार कार्य सञ्चालन गरेको थियो।

उद्धारपछि घाइते दुवै जनालाई थप उपचारका लागि मलेखुस्थित टिचिङ हस्पिटल लगिएको नेपाली सेनाले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार