वस्तुको उत्पत्ति प्रमाणपत्र जारी गर्ने सबै निकायले अब पूर्ण रूपमा एकद्वार प्रणालीमार्फत अनलाइन सेवा दिनुपर्ने भएको छ।
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा अर्थमन्त्री रामेश्वर खनालले क्युआर कोडसहित अनलाइन माध्यमबाट मात्रै उत्पत्ति प्रमाणपत्र जारी गरिने घोषणा गरेका हुन्।
यसअघि उत्पत्ति प्रमाणपत्र भौतिक उपस्थिति र अनलाइन दुवै शैलीबाट जारी हुँदै आएको थियो। नयाँ व्यवस्थासँगै अब कार्यालय धाएर प्रमाणपत्र लिनुपर्ने बाध्यता हट्नेछ।
नयाँ प्रणालीअन्तर्गत जारी हुने उत्पत्ति प्रमाणपत्रमा क्युआर कोड अनिवार्य हुने बताइएको छ।
यसबाट प्रमाणपत्रको सत्यापन सहज हुने, नक्कली प्रमाणपत्रको जोखिम घट्ने र अन्तर्राष्ट्रिय व्यापारमा विश्वास बढ्ने अपेक्षा गरिएको छ।
यसअघि भन्सार प्रशासनले कारोबारमा आधारित भन्सार मूल्यांकन प्रणाली लागु गरिसकेको छ।
आयात–निर्यातको वास्तविक कारोबार मूल्यका आधारमा मूल्यांकन गर्ने प्रणालीले भन्सार प्रक्रियामा पारदर्शिता बढाएको उनीहरूको को भनाइ छ।





प्रतिक्रिया दिनुहोस्