धनगढी । कुनै समय सुदूरपश्चिमको ऐतिहासिक सुपको राजधानी भए पनि डोटी जिल्ला विकासका हिसाबले सधैँ पछाडि परेको थियो । तर, पहिलो पटक प्रदेश सरकारको निर्वाचनपछि डोटीको विकास यात्राले नयाँ मोड लियो ।
प्रदेश सरकारको पहिलो चुनावमा नेकपा (माओवादी केन्द्र) ले त्रीलोचन भट्टलाई उम्मेदवार बनाएको थियो । अत्यधिक बहुमतका साथ निर्वाचित भट्ट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेपछि डोटी जिल्लाले विकासमा उल्लेखनीय फड्को मारेको स्थानीयको भनाइ छ ।
शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारको क्षेत्रमा भएका ठूला परिवर्तनका कारण आज डोटी प्रदेशमै उदाहरणीय जिल्लाका रूपमा चिनिन थालेको छ । गरिब परिवारमा जन्मिएका त्रीलोचन भट्ट भारतमा मजदुरी गर्दै राजनीति यात्रामा सक्रिय भएका व्यक्ति हुन् । प्रवासमै रहँदा नेपाली श्रमिकका समस्या नजिकबाट बुझेका भट्टले त्यहाँ पनि जनताको हक–अधिकारका लागि संघर्ष गर्दै आएका थिए ।
डोटीमा विगतमा एमाले र कांग्रेसले पटक–पटक जिते पनि विकासभन्दा बढी व्यक्तिगत स्वार्थ हाबी भएको जनगुनासो रहँदै आएको थियो । तर, त्रीलोचन भट्ट जनप्रतिनिधि बनेपछि पक्ष–विपक्ष नहेरी ‘विकास सबैको साझा मुद्दा हो’ भन्ने सोचका साथ काम गरेको स्थानीय बुद्धिजीवी बताउँछन् ।
सबै राजनीतिक दल, बुद्धिजीवी वर्ग र आम नागरिकको सल्लाह–सुझावलाई आत्मसात् गर्दै अघि बढेका भट्टको कार्यकालमा जिल्लाका सबै पालिकामा बाटोघाटो विस्तार, सवारी साधन सञ्चालन, पक्की सडक निर्माण र पुलहरू बनेका छन् ।
स्याउने–खुटिया राजमार्गका लागि बजेट विनियोजन, भवन नबनेका विद्यालयमा भवन निर्माण, स्वास्थ्य चौकी स्थापना, सेती नदीमा तटबन्धन तथा हरेक पालिकालाई पक्की सडक सञ्जालमा जोड्ने काम उनको कार्यकालका प्रमुख उपलब्धि मानिन्छन् ।
यही कारणले आज डोटीका नागरिकले त्रीलोचन भट्टलाई ‘विकासको अर्को नाम’ भनेर सम्झिने गरेका छन् । हाल जुनसुकै पार्टीसँग आबद्ध भए पनि प्रतिनिधि सभा निर्वाचनमा त्रीलोचन भट्टलाई मतदान गर्ने विषयमा जिल्लाभर सहमति बन्दै गएको स्थानीय बताउँछन् ।





प्रतिक्रिया दिनुहोस्