धनगढी । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि बझाङबाट उम्मेदवारी दिएका नेकपा एमालेका ऐनसिंह महरको पक्षमा माहोल बन्दै गएको छ ।
युवामाझ त्यत्तिकै लोकप्रिय महरले सक्रियता बढाएसँगै बझाङमा उनको पक्षमा माहोल बन्दै गएको देखिएको हो ।
हाल महर चुनावी प्रचारमा सक्रिय छन् । उनी मतदाता रिझाउन घरदैलो अभियान गर्दै मतादातासँग साक्षातकार गर्दै हिँडिरहेका छन् । घरदैलो अभियानका क्रममा स्थानीय स्तरबाट गज्जबको समर्थन पाइरहेको महरको चुनावी प्रचारमा सक्रिय स्थानीय नेताले बताएका छन् ।
अहिले हामी नितान्त मतदाता भेटघाटमा व्यस्त छौँ । मतदातालाई आफ्ना एजेन्डा सुनाउने र बुझाउने गरिरहेका छौँ ।, उनले भने, महरजीको पक्षमा माहोल गज्जबको बनिरहेको छ । थप समर्थन जुटिरहेको छ ।
चुनाव नजिकिएसँगै महरले राजनीतिक भेट र छलफललाई पनि बढाएका छन् । स्थानीय युवाहरुको समेत समर्थन पाइरहेका महरले बझाङमा आफ्नो जीत निश्चित भइरहेको दाबीसमेत गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्