जनकपुरधाम । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सकिएको छ । आइतबार (माघ ११) बिहान ९ देखि सुरु मतदान दिउँसो ३ बजे सकिएको हो ।
मधेस प्रदेशमा ९३.६८ प्रतिशत मतदान भएको निर्वाचन अधिकृत सुभाषबाबु पुरीले जानकारी दिए ।
यहाँ प्रदेशसभा सदस्यतर्फ १०० मतदाता छन् । त्यसमध्ये ९९ मत खसेको छ । पालिकातर्फबाट २६४ मध्ये २४२ जनाले मतदान गरेका छन् । प्रदेशसभा सदस्यतर्फ नेपाल संघीय समाजवादीकी विमला अन्सारीले मतदान गरिनन् । यहाँ हाल ३६४ मतदाता छन् ।
अब केही बेरमा मतगणना सुरु गरिने निर्वाचन अधिकृत पुरीले बताए ।





प्रतिक्रिया दिनुहोस्