जेनजी आन्दोलनको सम्मान गर्दै परिवर्तनको नेतृत्व गर्ने गरी अघि बढेका छौं: सहमहामन्त्री रसाइली

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले आफूहरू परिवर्तनको नेतृत्व गर्ने गरी अघि बढेको बताएका छन्।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले ‘जेन–जी आन्दोलनको सम्मान गर्दै परिवर्तनको नेतृत्व गर्ने गरी अघि बढेका छौ|’ भनेका हुन्।

SHIKHAR COOL TECH

उनले सभापति गगन थापादेखि निवर्तमान सभापति शेरबहादुर देउवासम्म एक ठाउँमा रहेको र पार्टीभित्र मतभेद नरहेको पनि बताए। 

‘हामीले पार्टीको आन्तरिक समीकरणलाई मिलाउनका निम्ति पार्टीभित्रका समूहलाई सम्बोधन गरेका छौं। नेपाली कांग्रेसका सभापति, उपसभापति सबैले शालिनतापूर्वक देशलाई कांग्रेसले सम्हाल्नुपर्छ, मुठभेडको राजनीतिबाट सम्हाल्ने राजनीतिमा लगेर आजको स्थितिमा देश पुगेको छ। त्यसको नेतृत्व नेपाली कांग्रेसले गरेको छ,’ उनले भने।

उनले पार्टी केन्द्रीय समितिको बैठकबाट ‘कांग्रेस बदल्यौँ अब देश बदल्छौँ’ भनेर निर्णय लिइएको बताए।

‘जेन–जी आन्दोलनको सम्मान गर्दै परिवर्तनको नेतृत्व गर्नेगरी अघि बढेका छौँ। विद्यार्थी राजनीतिबाट खारिएर आएको व्यक्तिलाई कांग्रेसले भावी प्रधानमन्त्री घोषणा गरेको छ,’ उनले भने, ‘हाम्रो कुनै राजनीतिक पार्टीसँग आग्रह र पूर्वाग्रह छैन। तर मुद्दा, निष्कलंक छवि, इतिहासका हिसावले सडक होस् वा संसदमा जिम्मेवारीका हिसावले नेपाली कांग्रेसको नेतृव गगन थापाले गर्नुभएको छ। हामी चुनावबाट बहुमत ल्याएर सुशसानको मुद्दालाई सम्बोधन गर्छौं।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार