ओलीसँग पब्लिक डिबेटमा बालेन शाहको अस्वीकृति: ‘हतियारको मञ्चमा उभिन्न’

काठमाडौँ ।

आगामी निर्वाचन नजिकिँदै गर्दा प्रमुख दलका नेताहरूबीच सार्वजनिक बहस (पब्लिक डिबेट) गर्ने प्रस्तावले राजनीति तातो बनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो एजेन्डा, विगतका काम र भविष्यको रोडम्याप प्रस्तुत गर्दै पारदर्शी बहसका लागि तयार रहेको घोषणा गरेका छन्।

SHIKHAR COOL TECH

तर काठमाडौं–झापा(५) बाट चुनावी प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका छन्। उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भनेका छन्, “७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।”

ओलीले भने, “देश बनाउने र देश जलाउने शक्तिबीच प्रतिस्पर्धा भइरहेको छ। आमने सामने बहस सकारात्मक हुनेछ। चुनावपछि प्रधानमन्त्री उम्मेदवारलाई सिधा प्रश्न सोध्न म तयार छु।”

बालेनको स्पष्ट अस्वीकृतिले पब्लिक डिबेटको सम्भावना अझै अनिश्चित बनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार