गगन र बालेनसँग सार्वजनिक बहस गर्न ओली तयार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनको सन्दर्भमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका नेताहरूसँग सार्वजनिक बहस (पब्लिक डिबेट) गर्न आफू तयार रहेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसपटकको निर्वाचनमा नयाँ र पुराना दुवै पक्षबाट प्रधानमन्त्रीको उम्मेदवार तोकिएकाले एजेन्डामा आधारित प्रत्यक्ष बहस हुनुपर्ने धारणा राखेका हुन्।

पछिल्लो समय नेपाली कांग्रेसबाट प्रधानमन्त्रीका उम्मेदवार  सभापति गगन थापा र रास्वपाका बरिष्ठ नेता तथा  काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख वालेन्द्र साह बालेन लगायतका युवा नेताहरूले नीति र योजनामा आधारित बहसको माग गर्दै आएका छन्। बौद्धिक वृत्तबाट समेत प्रमुख नेताहरू एकै मञ्चमा उभिएर प्रश्नको सामना गर्नुपर्ने दबाब बढिरहेका बेला ओलीले त्यसलाई सकारात्मक रूपमा लिएका हुन्।

ओलीले सामाजिक सञ्जालमा गरिने ‘फ्रेमिङ’ र प्रायोजित प्रचारले नेताको वास्तविक चरित्र लुकाउने भएकाले जनताले सिधै प्रश्न सोध्न पाउने र नेताहरूले आफ्नो रोडम्याप स्पष्ट पार्ने ‘पब्लिक डिबेट’ आवश्यक रहेको तर्क गरेका छन्। उनले भनेका छन्, “हामीले के गर्‍यौँ र अब के गर्छौँ भन्ने एजेन्डा प्रस्तुत गर्न म तयार छु।” यो घोषणासँगै अब मुख्य राजनीतिक दलका शीर्ष नेताहरूबीचको वैचारिक भिडन्त सडक र सदनमा मात्र नभई टेलिभिजन र सार्वजनिक मञ्चहरूमा समेत देख्न पाइने अपेक्षा गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार