ओली भन्छन्- ‘देश जलाउने र बचाउनेबीच हुने पब्लिक डिबेटका लागि हामी तयार छौँ’

काठमाडौं– आगामी निर्वाचनका सन्दर्भमा विभिन्न दलहरूले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेका बेला नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पब्लिक डिबेटका लागि आफू तयार रहेको बताएका छन्।



ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक बौद्धिक वृत्तबाट उठिरहेको पब्लिक डिबेटको मागलाई सकारात्मक रूपमा लिँदै, देशको नेतृत्व गर्न चाहने दल र नेताबीच खुला बहस आवश्यक रहेको उल्लेख गरेका छन्।

SHIKHAR COOL TECH

उनले लेखेका छन्-‘नयाँ र पुराना सबै दलहरू अहिले चुनावी मैदानमा छन्। देश जलाउने र देश बनाउने पक्षबीचको प्रतिस्पर्धामा नेकपा (एमाले) देश बनाउने पक्षबाट मैदानमा उभिएको छ।’

ओलीका अनुसार सामाजिक सञ्जालमा फ्रेमिङ गरेर प्रचार सामग्री प्रस्तुत गर्ने प्रवृत्ति बढेकाले मतदातालाई वास्तविकता बुझाउन पारदर्शी पब्लिक डिबेट अपरिहार्य भएको हो। ‘देशको नेतृत्व गर्न चाहने दलहरूको एजेन्डा के हुन्, विगतमा के काम गरे र अबको रोडम्याप के छ भन्ने विषयमा आमनेसामने बहस हुनु अत्यन्त सकारात्मक कुरा हो,’उनले उल्लेख गरेका छन्।

उनले पब्लिक डिबेटमा उभिएर विगतमा गरेका कामका तथ्य र भविष्यका योजनाहरू प्रस्तुत गर्न आफू तयार रहेको स्पष्ट पारेका छन्। साथै, चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार बनेका सबै नेताहरूसँग प्रत्यक्ष प्रश्न–उत्तर हुने मञ्चमा आफ्ना एजेन्डा राख्ने प्रतिबद्धता पनि जनाएका छन्।

ओलीले यस्तो पब्लिक डिबेट आयोजना गरी सबै पक्षलाई सहभागी गराउन आग्रह गरेका छन्।

यसैबीच, चुनावी मैदानमा प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि आएका एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साह र नेपाली कांग्रेसका सभापति गगन थापाबीच पब्लिक डिबेट हुनुपर्ने माग सामाजिक सञ्जालमा तीव्र रूपमा उठिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार