ओलीको ६ लाख ६३ हजार सदस्यलाई पत्र : एमाले उम्मेदवार जिताउन सक्रिय हुन आग्रह

काठमाडौँ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका ६ लाख ६३ हजार सङ्गठित सदस्यलाई पत्र लेख्दै आगामी निर्वाचनमा एमाले उम्मेदवारलाई विजयी गराउन उच्च मनोबलका साथ सक्रिय हुन आग्रह गरेका छन्।

हिजो साँझ पठाइएको पत्रमा अध्यक्ष ओलीले आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने निर्णय गर्ने उल्लेख गरेका छन्। उनले देश निर्माणका लागि एमालेको बहुमत आवश्यक रहेको पनि स्पष्ट पारेका छन्।

‘देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ,’ पत्रमा ओलीले भनेका छन्, ‘बहुमत सुनिश्चित गर्न पार्टीका उम्मेदवारहरूको विजयका लागि कमरेडहरूको सक्रिय सहयोग अपरिहार्य छ।’

पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार सबै पार्टी सदस्यलाई निर्वाचन प्रचारमा सक्रिय बनाउने उद्देश्यले अध्यक्ष ओलीले व्यक्तिगत रूपमा पत्र लेखेका हुन्।
‘अध्यक्षज्यूको पत्रले सङ्गठित सदस्यहरूमा उत्साह बढ्ने र नेतृत्वसँग सिधा सम्पर्कको अनुभूति हुने विश्वास गरिएको छ,’ शाहीले भने।

देशमा विध्वंस र आगजनी गर्ने प्रवृत्तिलाई चुनावी मैदानबाटै पराजित गर्दै निर्माणको नेतृत्व एमालेले लिनुपर्ने सन्देश आम मतदातासम्म पुर्‍याउन पनि यो पत्राचार गरिएको शाहीको भनाइ छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार