४९ जना उम्मेदवारले मनाेनयन फिर्ता लिए

काठमाण्डाै – आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले मनाेनयन फिर्ता लिएका निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले अहिलेसम्म विभिन्न निर्वाचन क्षेत्रबाट आयोगको प्रणालीमा प्राप्त जानकारीअनुसार ४९ जना उम्मेदवारले मनाेनयन फिर्ता लिएका जानकारी दिनुभयो ।

SHIKHAR COOL TECH

समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको पनि नामावली प्रकाशन गरि माघ १० गतेसम्म दाबी विरोधको समय दिइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

समानुपातिक प्रणालीका लागि राजनीतिक दलले गएकाे पुस १३ र १४ गते बन्दसूची पेश गरेका थिए । भाेलि समानुपातिकतर्फको दाबी विरोध सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने आयाेगले जनाएकाे छ ।

आयाेगका अनुसार प्रत्यक्ष निर्वाचनतर्फको अन्तिम नामावली आज देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयमार्फत प्रकाशन गरिने छ ।

आज बेलुकी ७ बजेसम्म सबै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयाेगले जनाएकाे छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार