‘युवा पुस्ताको क्षमताको सम्मान गर्नुपर्छ’

काठमाडौँः राष्ट्रिय सभाका सदस्यहरुले देशको विकासमा युवा पुस्ताको क्षमतालाई समेटिनुपर्ने बताएका छन्। आज बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनीहरुले मुलुकको राजनीतिक परिस्थिति सुधार गर्न पनि युवा मनोभाव सम्बोधन गरिनुपर्ने धारणा राखेका हुन्। 

राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले नातावाद र आफन्तलाई अवसर दिने परिपाटीले गर्दा धेरै सक्षम युवा दिक्क मानेर विदेसिनुपरेको बताए। यस्तो परिस्थितिबाट देशलाई जोगाएर सक्षम र दक्ष जनशक्तिलाई स्वदेशमै टिकाउने रणनीतिबारे सोच्नुपर्ने उनको सुझाव थियो।
 
राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले जेनजी आन्दोलनको समीक्षा गर्दै मुलुकको विकास पुरानो पुस्ता र नयाँ पुस्ताबीचको सहकार्यमा सम्भव हुने बताए। दलहरुको औचित्यमाथि प्रश्न गर्ने र अर्कोतर्फ दल बनाएर आउनेले जनतालाई भ्रममा पारेका उनले बताए। युवा पुस्ता र पुराना पुस्ताको कित्ताकाट गरेर विकास सम्भव नहुने उनको धाराणा थियो।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार