काठमाडौं : प्रभु शाह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवारी दिएका पत्रकार ऋषि धमला चुनावी अभियानका क्रममा अनेकौं खालका चर्तिकला देखाएर जनताको भोट तान्न लागि परेका छन् । रौतहट क्षेत्र नम्बर ४ बाट उठेका उनी त्यहाँका स्थानीयसँग रुनेदेखि खेतबारीमा पुगेर काम गर्नेसम्म गरेका छन् । किसानको एजेन्डालाई राष्ट्रिय एजेन्डा बनाउँछु भन्दै ट्याक्टरमा बसेर बोलिरहेका देखिन्छन् । मधेस र तराईको जमिनमा उत्पादन गर्न, मल, बीउ, सिँचाइ चाहिएको भन्दै त्यहाँ गएरै बस्ने भनेका छन् । उनी कसैलाई च्याप्प समातेर अंगालो हाल्छन् । आफूले लगाएको माला फुकाएर लगाइदिएका छन् । उखुको बोट काटेर, अंगालोमा राखेर बोके जस्तो पनि गर्छन् । आरा चलाउनेदेखि जेरी पकाउनसम्म उनले भ्याएका छन् ।





प्रतिक्रिया दिनुहोस्