रौतहट-१ : पूर्वमेयर गुप्ता र पूर्वप्रधानमन्त्री नेपालबीच कडा टक्कर

रौतहट : रौतहट क्षेत्र नम्बर -१ मा यसपटकको प्रतिनिधि सभा चुनाव सामान्य प्रतिस्पर्धाको रुपमा मात्र सीमित नभइ पुरानो नेतृत्वविरुद्ध परिवर्तनको जनआक्रोश पोख्ने निर्वाचन बनेको छ। नेकपाका सह-संयोजक,तारा छापका उम्मेदवार माधवकुमार नेपाल र एमालेका सूर्य छापका उम्मेदवार अजय गुप्ताबीच कडा टक्कर हुने देखिएको छ। 

भ्रष्टाचार मुद्दा खेपेका नेता नेपालविरुद्ध जनमत लाग्दा गुप्ताको पक्षमा जनमत बढ्दो छ । 

नेकपा एमालेका उम्मेदवार गुप्ता गौर नगरपालिकाका पूर्वमेयर हुन् । उनी कागजी नेता होइनन्,जनतासँग बसेर राजनीति गर्ने स्थानीय नेताको रूपमा चिनिन्छन्। विगतका निर्वाचनमा माधवकुमार नेपालसँग दुईपटक झिनो मतले पराजित भए पनि जनताबाट टाढा नहटेर निरन्तर संघर्षमा रहेको कारण यसपटक मतदाताको भरोसा गुप्तामाथि देखिएको छ।

नेपाल निर्वाचित भएर देशको प्रधानमन्त्री बन्दा समेत आज पनि रौतहटको अवस्था विकासको नाममा निराशा,बेरोजगारी र उपेक्षामै सीमित रहेको छ। जनताको जीवनस्तर बदल्नेतर्फ  कुनै ठोस परिवर्तन देखिन नसकेको आरोप अब खुलेर उठ्न थालेको छ।

विगतमा भएका स-साना र छरपस्ट विकासका कामलाई मात्रै घिसार्दै चुनावी मैदानमा उत्रिनु नेपालको राजनीतिक दिवालियापनको संकेत भएको स्थानीयको टिप्पणी छ। पुरानै भाषण, पुरानै एजेन्डा र पुरानै बहाना अब जनताले स्वीकार गर्न नसक्ने अवस्थामा पुगेको स्थानीयहरू बताउँछन्।

नेपालको नाम जोडिएको पतञ्जली जग्गा प्रकरणको भ्रष्टाचार आरोपले रौतहटमा उनको छविले गम्भीर रूपमा धक्का खाएको छ। ‘इमान्दार नेता’को आवरणभित्र लुकेको वास्तविकता जनताले बुझ्न थालेको स्थानीय विश्लेषकहरूको दाबी छ। 

स्थानीय ओमप्रकाश साहले भने,’पछिल्लो चुनावमै अन्तिम पटक भन्दै मत मागेका नेपाल फेरि उही पुरानै कथा बोकेर रौतहट झरेका छन्। अब जनताले शब्द होइन,परिणाम खोजिरहेका छन्।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार