राप्रपाका उम्मेदवार भण्डारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

भण्डारीलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोधिएको हो।

भण्डारीले निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (च) विपरीत लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय लक्षित घृणित अभिव्यक्ति दिएको र समाजमा भ्रम फैलाएको भन्दै परेको उजुरीका आधारमा सोधपुछ गरिएको हो।

आयोगले पठाएको पत्रमा ज्येष्ठ नागरिक, महिला, यौनिक अल्पसङ्ख्यक समुदाय तथा अपांगता भएका व्यक्तिको भावना र चरित्रमा आँच पुग्ने गरी निर्वाचन प्रचारप्रसार गर्न नपाइने कानूनी व्यवस्था स्मरण गराउँदै, उक्त अभिव्यक्ति आचारसंहिता विपरीत हो वा होइन भन्ने विषयमा स्पष्ट जबाफ माग गरेको छ।

पत्र प्राप्त भएको मितिले ३ दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार