सभापति बनेपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा जाँदै गगन

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमिति भोलि सानेपा जाने भएको छ। सभापति थापा भोलि पार्टीको बैठक राख्ने गरी पार्टी मुख्यालय जान लागेको प्रवक्ता देवराज चालिसेले बताए। भोलि सानेपामा केन्द्रीय समितिको बैठक पनि बस्नेछ।

शेरबहादुर देउवा पक्षका नेताहरूले विशेष महाधिवेशन गर्न अस्वीकार गरेपछि गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेका थिए। निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिइसकेको छ।

SHIKHAR COOL TECH

यसअघि देउवा गुटको भेला सानेपामा हुँदा थापाले केन्द्रीय समिति बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा राखेका थिए। तर थापाको हस्ताक्षर स्वीकार गरेर देउवा पक्षका नेताहरू पनि चुनावमा सहभागी भएपछि थापा सानेपा जान लागेका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार