बालेन शाहले कोशीमा एक साता बिताउने

Call24News

काठमाडौँ । रास्वपाका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) चुनाव प्रचार प्रसारका लागि कोशीका विभिन्न जिल्ला जाने भएका छन् । उम्मेदवारी दर्ता गर्न माघ ४ गते जनकपुर पुगेका बालेन ६ गते बिहान झापा पुगेर प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका थिए ।

उम्मेदवारी दर्ता गरेपछि माघ सात गते दिनभर झापामै बसेर चुनावी गतिविधिमा सक्रिय रहेका शाह माघ ८ गतेबाट पाँचथर, तेह्रथुम लगायतका जिल्लामा चुनावी प्रचार प्रसारमा जाने शाहलाई सहयोग गर्दै  यज्ञमणि न्यौपानेले जानकारी दिए । न्यौपाने आफैँ पनि मोरङ–१ बाट रास्वपाको उम्मेदवार छन् ।

‘भोलिबाट पाँचथर, तेह्रथुम र ताप्लेजुङ जानुहुन्छ’, न्यौपानेले रातोपाटीसँग भने, ‘फर्केर झापा बस्नुहुन्छ । त्यसपछि धनकुटा भोजपुर सम्म जाने कार्यक्रम छ । यसो गर्दा उहाँको बसाई कोशीमा अझै एक साता हुने भएको छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार