डोटीमा क-कसले गरे उम्मेदवारी दर्ता?

Call24News

धनगढीः फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न डोटीमा ९ जनाले उम्मेदवारी दर्ता गरेका छन्। एक निर्वाचन क्षेत्र रहेको डोटीमा नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीलगयात ९ दलका उम्मेदवरले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले जनाकारी दिए।

मुख्य निर्वाचन अधिकृत पाण्डेयका अनुसार बझाङमा नेपाली काँग्रेसका भरतबहादुर खड्का, नेकपा एमालेका दीपकबहादुर धामी, नेपाली कम्युनिष्ट पार्टीका त्रिलोचन भट्ट राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्रबहादुर खड्का तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका खडकबहादुर अग्रवालले उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै, डोटीमा राष्ट्रिय जनमोर्चाका मणिराज भट्ट, नेपाल मजदुर किसान पार्टीका गजेन्द्रबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रकाश कठायत तथा मितेरी पार्टीबाट सरस्वती कुमारी पालले उम्मेदवारी दिएका छन्।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार