काठमाडौं– आसन्न निर्वाचनका लागि १ सय ६४ क्षेत्रमा उम्मेदवार दर्ता गर्दा रास्वपाबाट १६ जना महिला परेका छन् । एक सय ४८ जना पुरुष उम्मेदवार बनेका छन् ।
वैकल्पिक शक्तिका रुपमा उदाएको पार्टीको उम्मेदवार सूचीमा जम्मा ९.७५ प्रतिशत मात्रै महिला प्रतिनिधिले उम्मेदवारी पाए । जुन समतामूलक प्रतिनिधित्वका लागि संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत महिला सहभागिताको हक अनुरूप छैन ।
१६५ निर्वाचन क्षेत्रमा महिला र पुरुष गरी जम्मा ३ हजार ४ सय ८४ जनाको उम्मेदवारी दर्ता भएकोमा जम्मा ३९५ जना महिला उम्मेदवार छन् । जसमा १६० जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।




प्रतिक्रिया दिनुहोस्