अछामका दुई प्रतिनिधिसभा क्षेत्रमा १७ उम्मेदवारको मनोनयन दर्ता

Call24News

अछाम: अछामका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुवै निर्वाचन क्षेत्रमा मनोनयन प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको हो।

अछाम निर्वाचन क्षेत्र नं १ मा सात राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार गरी कुल आठ जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा (एमाले) बाट दीपकबहादुर साउँद, नेपाली कम्युनिष्ट पार्टीबाट पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावल र नेपाली कांग्रेसबाट भरतकुमार स्वारले मनोनयन दर्ता गराएका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ओमप्रकाश रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लोकेन्द्रबहादुर शाह, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्र शाही, नेकपा माओवादी केन्द्रबाट राजेन्द्रबहादुर कुँवर तथा स्वतन्त्र उम्मेदवारका रूपमा भीमबहादुर कुँवर चुनावी मैदानमा उत्रिएका छन् ।

एमालेका केन्द्रीय सदस्य तथा पूर्व प्रदेशमन्त्री झपटबहादुर बोहराले यसअघि टिकट पाए पनि प्रगतिशील लोकतान्त्रिक पार्टी एमालेमा समाहित भएपछि बोहराको सट्टा दीपकबहादुर साउँदलाई उम्मेदवार बनाइएको हो । भीम रावल र भरतकुमार स्वार २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धी थिए भने साउँदले २०७० सालमा संविधानसभा निर्वाचनमा रावलसँग प्रतिस्पर्धा गरेका थिए ।

उता अछाम निर्वाचन क्षेत्र नं। २ मा नौ राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सहायक निर्वाचन अधिकृत राइभान कुन्जेडाका अनुसार नेपाली कांग्रेसबाट जिल्ला सभापति तथा निवर्तमान प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, नेकपा (एमाले) बाट केन्द्रीय सदस्य तथा पूर्व प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी र नेपाली कम्युनिष्ट पार्टीबाट बलबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि नेकपाबाट शरदसिंह भण्डारीले टिकट पाए पनि बलबहादुर कुँवर नेपाली कांग्रेसबाट विद्रोह गर्दै नेकपामा प्रवेश गरेपछि कुँवरकै नाममा उम्मेदवारी दर्ता भएको जनाइएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट भुपदेव शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मिनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट झंकरबहादुर शाही, नेकपा माओवादी केन्द्रबाट शेरबहादुर विक, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुष्पराज न्यौपाने तथा उज्यालो नेपालका राजेश रावलले पनि मनोनयन दर्ता गराएका छन् ।

मनोनयन प्रक्रिया सम्पन्न भएसँगै अछामका दुवै निर्वाचन क्षेत्रमा चुनावी गतिविधि तीव्र बनेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार