सुदूरपश्चिममा प्रतिनिधिसभा निर्वाचनका लागि १८ जना महिला उम्मेदवार

Call24News

धनगढी: फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट कुल २१० जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रका लागि १८ महिला र १९२ पुरुष उम्मेदवार मैदानमा उत्रिएका छन्, जसअनुसार कुल उम्मेदवारीमा महिलाको हिस्सा ८ दशमलव ५७ प्रतिशत रहेको छ ।

प्रदेशमा सबैभन्दा धेरै उम्मेदवारी कैलाली निर्वाचन क्षेत्र नम्बर १ तथा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ र २ बाट परेको छ, जहाँ–जहाँ १९र१९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सबैभन्दा कम उम्मेदवारी बझाङ निर्वाचन क्षेत्रबाट परेको छ, जहाँ ७ जनाले मात्र मनोनयन दर्ता गरेका छन् ।

अन्य निर्वाचन क्षेत्रहरूमा कैलाली क्षेत्र नम्बर २ बाट १६ जना, क्षेत्र नम्बर ३ बाट ११ जना, क्षेत्र नम्बर ४ बाट १६ जना र क्षेत्र नम्बर ५ बाट १६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । कञ्चनपुर क्षेत्र नम्बर ३ बाट १७ जना उम्मेदवार रहेका छन् ।

यसैगरी अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट ८ जना र क्षेत्र नम्बर २ बाट ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । डोटीबाट ९, बाजुराबाट ८, बैतडीबाट १२, दार्चुलाबाट ११ तथा डडेल्धुराबाट १३ जनाले उम्मेदवारी दर्ता गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार