काठमाडौं–४ मा विकास र समृद्धिको साझा संकल्पसहित सचिन तिमिल्सिना मैदानमा

Call24News

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमिल्सिनाले विकास र समृद्धिका लागि साझा संकल्प अघि सारेको बताएका छन् ।

यसअघि  काठमाडौं-४ कांग्रेस सभापति गगनकुमार थापा निर्वाचित हुँदै आएको क्षेत्र हो ।

उम्मेदवार तिमिल्सिनाले निर्वाचनको तयारीका क्रममा थापासँग भेटघाट गरी चुनावी रणनीतिबारे गहन छलफल भएको जानकारी दिएका छन्। उनले सभापति थापाको अनुभव र मार्गदर्शनले आफ्नो आगामी राजनीतिक यात्रालाई थप ऊर्जावान् बनाउने विश्वास व्यक्त गरेका छन्।

तिमिल्सिनाले काठमाडौं–४ लाई समावेशी विकास, सुशासन र दिगो समृद्धिको नमुना क्षेत्र बनाउने प्रतिबद्धता दोहोर्‍याउँदै मतदाताको विश्वास जित्ने गरी अघि बढ्ने बताएका छन्।

उनले लेखेका छन्, ‘काठमाडौं क्षेत्र नं. ४ को विकास र समृद्धिको साझा संकल्प!

​आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेसका सभापति आदरणीय गगन कुमार थापा ज्यूसँग भेटघाट गरी यस क्षेत्रको चुनावी रणनीतिका बारेमा गहन छलफल गरियो। उहाँको अनुभव र मार्गदर्शनले आगामी यात्रालाई अझ ऊर्जावान् बनाउने विश्वास लिएको छु।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार