काठमाण्डौँ । पुर्व प्रधानमन्त्री डाक्टर बावुराम भट्टराईले आँफु गोरखा २ बाट चुनाव लड्नुका ५ मुख्य एजेण्डा सार्वजानिक गरेका छन् । बुधवार सामाजिक सञ्जाल मार्फत भट्टराईले आँफु निर्वाचनमा उम्मेदवार दिनुका लक्ष्य र आधार सार्वजानिक गरेका हुन् । निर्वाचनमा सहभागी नजनाउने प्रतिक्रिया दिएका भट्टराईले अन्नत प्रगतिशिल लोकतान्त्रिक पार्टी बाट चुनावमा मनोनयन दर्ता गराएका हुन् ।
उनले लेखेका छन् , आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट मैले उम्मेदवारी दिनुका
प्रमुख ५ लक्ष्य÷आधार ः
१. बद्लिदो भू–राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय सामरिक टक्करबाट जोगाएर राष्ट्रिय स्वाधीनता,सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने कार्यमा योगदान गर्न।
२. देशमा नयाँ र पुराना राजनीतिक दलहरूवीच र दलहरूभित्रको बढ्दो द्वन्द,असमझदारीले संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्नसक्ने स्थितिमा समन्वयकारी र अभिभावकीय भूमिका सहित लोकतन्त्रको रक्षामा योगदान गर्न।
३.जेन–जी विद्रोहको पृष्ठमूमि र संविधानसभाबाट संविधान निर्माणको दश बर्ष पूरा भएको अवस्थामा संविधानमा आवश्यक संशोधन र सुधारकोनिम्ति संविधानको एक प्रमुख निर्माणकर्ताको हैसियतले प्रतिनिधिसभाबाट आवश्यक भूमिका निर्वाह गर्न।
४.देशमा सुशासन र आर्थिक समृद्धि प्रमुख एजेण्डा बनेको वर्तमान अवस्थामा अर्थ–राजनीतिको ज्ञान र अनुभवको आधारमा देशको तीब्र आर्थिक–सामाजिक रूपान्तरणको मार्गचित्र तथा कार्ययोजना निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न।
५. गोरखाको विकास–निर्माणमा विगतमा गरेका रूपान्तरणकारी कार्यको जगमा टेकेर भविष्यमा गोरखालाई देशको आधुनिक र समतामूलक आर्थिक विकासको मोडेल बनाउन।




प्रतिक्रिया दिनुहोस्