काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फको उम्मेदवारी दर्ता भइसकेको छ । मंगलबार देशभर प्रत्यक्षतर्फको मनोनयन दर्ता भएको हो ।
गत भदौमा भएको जेनजी आन्दोलनका कारण हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४० वर्षमुनिका युवाहरुको बाहुल्यता देखिएको छ । मंगलबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुको उमेर समूह हेर्दा ४० वर्षमुनिका ६२ प्रतिशत देखिन्छ ।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ १६५ सिटका लागि ३ हजार ४८४ उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये ६२ प्रतिशत ४० वर्षमुनिका २ हजार १९३ उम्मेदवार छन् । २५ देखि ३५ वर्ष उमेर समूहका १६ प्रतिशत अर्थात् ५८३ उम्मेदवार र ३६ देखि ४० वर्ष उमेर समूहका ४६ प्रतिशत अर्थात् १ हजार ६१० उम्मेदवार रहेका आयोगले जनाएको छ ।
४१ देखि ४५ वर्ष उमेर समूहमा ३१ प्रतिशत अर्थात १ हजार ९० जना, ४५ वर्षभन्दा माथिका उम्मेदवारको संख्या ५ प्रतिशत अर्थात् २०१ रहेको आयोगको विवरणमा उल्लेख छ ।
यस्तै, ३ हजार ४८४ उम्मेदवारमध्ये महिलाको संख्या ११ प्रतिशत अर्थात् ३९५, पुरुष ७९ प्रतिशत अर्थात् ३ हजार ८८ र र अन्य १ जना छन् ।
निर्वाचन आयोगका अनुसा उम्मेदवारी दिएका राजनीतिक दलको संख्या ६८ छ ।




प्रतिक्रिया दिनुहोस्