पार्टी कार्यालय जानेबारे छलफल गर्दै कांग्रेस सभापति गगन थापा

Call24News

 सारांश

  • गगन थापा विशेष महाधिवेशनबाट सभापति चयन भएपछि पार्टी कार्यालय सानेपा जानेबारे छलफल गर्दैछन्।
  • शेरबहादुर देउवा समूह र शेखर कोइराला समूहले विशेष महाधिवेशनलाई अस्वीकार गरेका थिए।
  • निर्वाचन आयोग र सर्वोच्च अदालतबाट आधिकारिकता पाएपछि थापाले पार्टी कार्यालय जाने तयारी गरेका हुन्।

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनमार्फत सभापति चयन भएका गगन थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा जानेबारे आज छलफल गर्दैछन् । गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट थापा सभापति भएका थिए ।

पार्टीको निवर्तमान सभापति शेरबहादुर देउवा समूह र तत्कालीन डा शेखर कोइराला नेतृत्वको समूह विशेष महाधिवेशनलाई अस्वीकार गर्दै निर्वाचन आयोग र सर्वोच्च अदालतमा गएपछि थापा पार्टी केन्द्रीय कार्यालय गएका थिएनन् । 

थापालाई निर्वाचन आयोगले आधिकारिकता दिइसकेको छ भने सर्वोच्च अदालतले पनि देउवा समूहले दायर गरेको रिटमा अन्तरिम आदेश नदिएपछि थापाले पार्टी कार्यालयमा जानेबारे छलफल गर्न थालेका हुन् । 

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी केन्द्रीय कार्यालयमा जानेबारे आज छलफलको तयारी भइरहेको जानकारी दिए । ‘जेनजी आन्दोलनका क्रममा जलेकाले पार्टी कार्यालय मर्मतको क्रममा छ । त्यसैले हतार गरेका थिएनौँ,’ प्रवक्ता चालिसेले रातोपाटीसँग भने, ‘अब जानुपर्छ । आज सभापतिज्यूलगायतका नेताहरूसँग यसबारे छलफल हुँदैछ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार