एनपी साउदले गरे कञ्चनपुर–२ मा उम्मेदवारी दर्ता

धनगढीः नेपाली कांग्रेसका नेता एनपी साउदले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् । उनले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा मंगलबार कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

पूर्वपरराष्ट्रमन्त्री साउद गत निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उक्त निर्वाचनमा उनले २८ हजार १३६ मत ल्याएका थिए । साउदका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर धामीले २१ हजरा ६८२ मत प्राप्त गरेका थिए ।

कञ्चनपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार झंकरराज जोशी ४ हजार ९३७ मतसहित तेस्रो भएका थिए । यो क्षेत्रमा यसपटक रास्वपाले दीपक बोहरालाई उम्मेदवार बनाएको छ । यस्तै, एमालेले बचनबहादुर सिंह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले माधव पन्तलाई अघि सारेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार