खगोल वैज्ञानिक मनिषा द्धा कास्की–१ मा उज्यालो नेपालको उम्मेदवार

उज्यालो नेपाल पार्टीबाट कास्की– १ मा खगोल वैज्ञानिक मनिषा द्धाले उम्मेदवारी दिएकी छन्।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा द्धाले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेकी हुन्। 

उम्मेदवारी दिएपछि उनले विज्ञान र प्रविधि क्षेत्रमा काम गर्ने हुटहुटी भएकाले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएको बताइन्।

स्कुल तहबाट विज्ञान र प्रविधिमा बालबालिकालाई जिज्ञासु बनाउन आवश्यक रहेको भन्दै उनले नीति निर्माणमा विज्ञान र प्रविधि उपेक्षामा परेकाले आफू उम्मेदवार हुन आएको बताइन्। 

‘स्कुल तहबाटै विज्ञान र प्रविधिलाई अघि बढाउन आवश्यक छ। बालबालिकालाई विज्ञानप्रति जिज्ञासु बनाउने खालको शिक्षा चाहिन्छ,’ उनले भनिन्, ‘नीति निर्माणमा विज्ञान जसरी उपेक्षामा परेको छ, त्यसैको आधारमा अबको नीति बन्नुपर्छ भनेर मैले उम्मेदवारी दिएकी हुँ।’ 

समृद्धि, सुशासन र सामाजिक न्यायको आवाज अहिलेका युवा पुस्ताले उठाइरहेको भन्दै उनले यसको जग शिक्षा भएको बताइन्। 

पोखरा–१३ भद्रकाली घर भएकी द्धा त्रिभुवन विश्वविद्यालयबाट भौतिक शास्त्रमा स्नातक गरेकी छन्।

हाई इनर्जी एस्ट्रोफिजिक्समा पिएचडी गरिरहेकी द्धा नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोको उपप्रबन्धक हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार