धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कैलाली–५ मा आनन्दबहादुर चन्दले उम्मेदवारी दर्ता गरेका छन्। उनी बालेन शाहका निकटस्थ हुन्। बैतडीमा जन्मिएका चन्दको परिवारको बसोवास धनगढी उपमहानगरपालिका- ८ मा रहेको छ।
प्राध्यापन पेशामा रहेका उनले जैविक रसायनशास्त्रमा हालै विद्यावारिधी पूरा गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापकबाट राजीनामा दिएर चन्द राजनीतिमा होमिएका हुन्।
मनोनयन दर्ताका क्रममा चन्दले देशले चाहेको परिवर्तनको लागि आफू पद छोडेर राजनीतिमा आएको बताए। ूदेशले पतिवर्तन खोजेको छ, जेन्जी आन्दोलनले पनि परिवर्तन खोजेको छ, पदभन्दा पनि त्याग गर्न राजनीतिमा आएको हुँ, चन्दले भने।




प्रतिक्रिया दिनुहोस्