काठमाडौँ । शिक्षा मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । उनले राजीनामा दिएको अर्थ मन्त्री रामेश्वर खनालले जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मन्त्री खनालले आफ्नो अभियानमा लाग्ने भन्दै मन्त्री पुनले राजीनामा दिएका हुन् ।
यसअघि सोमबारमात्रै संचार मन्त्री जगदीश खरेलले राजीनामा दिएका थिए । खरेल भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर क्षेत्र नं २ बाट निर्वाचन लड्न राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन लड्ने इच्छा राख्ने मन्त्रीहरूलाई राजीनामा दिन सुझाव दिएकी थिइन् । सोही क्रममा ऊर्जामन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिइसकेका छन् ।
आज उम्मेदवारी मनोनयन गर्नुपर्ने भएकाले मन्त्रीहरूको राजीनामा लगातार आएको हो ।
आजसम्म राजीनामा नदिने मन्त्रीहरूले भने फागुन २१ को प्रतिनिधि सभा निर्वाचनपछि बन्ने सरकारलाई सत्ता हस्तान्तरण गर्ने बेलासम्म मन्त्रालय सम्हाल्नेछन् ।




प्रतिक्रिया दिनुहोस्