यी हुन् काठमाडौंमा एमालेले टुंग्याएका ९ उम्मेदवार, ४ मा चुनाव लड्ने उम्मेदवारको खोजी

Call24News

नेकपा एमालेले काठमाडौंका ९ क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ। ४ नम्बर निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लाग्न बाँकी रहेको छ। एमाले सचिव राजन भट्टराई उम्मेदवार बन्दै आएको क्षेत्र हो त्यो। 

त्यहाँ नेपाली कांग्रेसका सभापति गगन थापाले चुनाव जित्दै आएका छन्। उनले लगातार तीन चुनाव जितिसकेका छन्। भट्टराईले यसपटक चुनाव नउठ्ने बताइसकेका छन्। एमालेका एक सचिवालय सदस्यका अनुसार क्षेत्र नम्बर ४ बाट उद्धव खरेल उम्मेदवार बन्ने सम्भावना छ। उनी बूढानीलकण्ठ नगरपालिकाका पूर्वमेयर पनि हुन्।

त्यस्तै क्षेत्र नम्बर ५ मा एमाले नेता ईश्वर पोखरेल चुनाव लड्ने भएका छन्। पार्टीका नेताहरूको सल्लाहमा आफू उम्मेदवार बन्न लागेको पोखरेलले बताएका हुन्।

एमालेले टुंग्याएका ९ जना उम्मेदवार
क्षेत्र नम्बर–१ मोहन रेग्मी
क्षेत्र नम्बर–२ मणिराम फुयाल
क्षेत्र नम्बर–३ रामेश्वर फुयाल
क्षेत्र नम्बर–५ ईश्वर पोखरेल
क्षेत्र नम्बर–६. अमनकुमार मास्के
क्षेत्र नम्बर–७ प्रकाश श्रेष्ठ
क्षेत्र नम्बर–८ राजेश शाक्य
क्षेत्र नम्बर–९ अजयक्रान्ति शाक्य
क्षेत्र नम्बर–१० विनोद श्रेष्ठ

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार